Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकडारा गाउँपालिकाकी उपाध्यक्ष खातुन लाेसपा पार्टीबाट निष्कासित

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुन पार्टीबाट निकालिएकी छन् । उनलाई लोसपाले कारबाही गरेको छ ।

महोत्तरी जिल्ला कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।

पार्टीको निर्देशनविपरीतका क्रियाकलापमा खातुन सहभागी भएको भन्दै कारबाही गर्नुपरेको लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले जानकारी दिए ।

जिल्ला अनुशासन समितिको सिफारिसमा कार्यसमितिले उपाध्यक्ष खातुनलाई पार्टीबाट निष्कासन गरिएको अध्यक्ष साहको भनाइ छ । जसपा फुटेर लोसपा बनेपछि उपाध्यक्ष खातुनले लोसपा रोजेकी थिइन् । उनी पुन: जसपामै फर्कने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077