Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीर अस्पताल कर्मचारी युनियनद्वारा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई ४४ बुँदे माग पत्र पेश

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आधिकारिक ट्रेड युनियन चि. वि. रा. प्र. कर्मचारी युनियन वीर अस्पतालले प्रधानमन्त्री एवं कुलपती शेरबहादुर देउवा समक्ष कर्मचारीहरुको हकहित र अस्पतालको सेवा तथा सुविधा विस्तारको माग गर्दै माग पत्र पेश गरेको छ ।

कर्मचारी युनियनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपती विरोध खतिवडाका एवं स्वास्थ्य सचिव रोशन पोखरेल समक्ष ज्ञापन पत्र सहित ४४ बुँदे माग पत्र पेश गरेको हो ।

माग पत्रमा स्वायत्त प्रतिष्ठान ऐनको कार्यान्वयन, प्रतिष्ठान सभाको माग, दीक्षान्त समारोह, प्रतिष्ठान सेवा आयोग गठन, प्रतिष्ठान सेवा तर्फको ओएनएम सर्वे, नयाँ सर्जिकल भवन कम्तिमा १०० वेड आईसियु सहित पूर्ण रुपमा सञ्चालन, दुवाकोट परियोजना निर्माण कार्यमा तिव्रता, ब्रिगिएका उपकरण मर्मत र सञ्चालन, आकस्मिक सेवामा बिस्तार र गुणस्तरियता, रेडियोलोजी, सर्जरी, र आइसियु सेवा छिटो छरिटो र गुणस्तरिय बनाउन निर्देशन र अनुगमन लगाय रहेको युनियनका सचिव दिपक मुडभरीले बताए ।

त्यसैगरी मागपत्रमा शिक्षक तथा कर्मचारी वृत्ति विकास’स्तर वृद्धि, प्रतिष्ठान सेवाको शिक्षक तथा कर्मचारीलाई जिम्मेवारी दिंदा समानता, ट्रमा सेन्टर तथा कर्मचारी सम्बन्मा सर्वोच्च अदालतको आदेश कार्यान्वयन, सेवा विस्तार भत्ता, उपदान कोष सञ्चालन, ऐनेस्थेसिया तथा प्याथोलोजि भत्तामा समानतालगायत रहेको पनि मुडभरीले बताए ।

प्रधानमन्त्रीलाई माग पत्र बुझाउँदै युनियनले प्रतिष्ठानका पदाधिकारीलाई आवश्यक निर्देशन दिन पनि आग्रह गरेको छ । युनियनले लामो समयदेखि प्रतिष्ठान पदाधिकारी समक्ष अस्पताल सुधार र कर्मचारीहरुको हकहितका लागि आवज उठाए पनि प्रतिष्ठान पदाधिकारीले कुनै सुनुवाइ नगरेको भन्दै प्रधानमन्त्री एवम् कुलपति तथा स्वास्थ्यमन्त्री एवम् उपकुलपतिदाई ज्ञापनपत्र बुँझाउँदै निर्देशनका लागि आग्रह गरेको हो ।

ज्ञापन पत्र बुझ्दै स्वास्थ्य मन्त्री खतिवडाले प्रतिष्ठान पदाधिकारीलाई निर्देशन दिने र नीतिगत कुरा प्रतिष्ठान सभामा लैजाने बचनवद्धता प्रकट गरेको पनि सचिव मुडभरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077