Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी नेपाललाई हस्तान्तरण

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी नेपाललाई हस्तान्तरण

    ७ प्रतिशत काम गर्न अझै बाँकी

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागितामा तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए ।



    उनले परराष्ट्रमन्त्री नारायण खड्कालाई साँचो हस्तान्तरण गरे । गएको जुलाई १० तारिखमै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना संक्रमणका कारण एक वर्षपछि सरेको हो । उक्त विमानस्थलमा आउँदो वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ ।



    यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्ने पर्यटन मन्त्रालयले जनाएको छ । काम नसकिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरकारलाई हस्तान्तरण गरिएको हो । विमानस्थलको ९३ प्रतिशत काम सकिएको बताएको छ । भने ७ प्रतिशत काम गर्न अझै बाँकी छ ।

    तीनदिने भ्रमणका क्रममा शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार