Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेश मन्त्री वाङबीच मेरियट होटलमा भेटवार्ता

    माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेश मन्त्री वाङबीच मेरियट होटलमा भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

    आज आइतबार मेरियट होटलमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका लागि प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ मेरियट पुगेका थिए ।



    यसअघि मेरियटमै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरूसँग विदेशमन्त्री यीले भेटवार्ता गरेका थिए।



    आजै बिहान विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए । तीनदिने नेपाल भ्रमणका क्रममा गएको शुक्रबार नेपाल आएका वाङ आजै स्वदेश फर्कने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार