Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट

एजेन्सी । क्यानडा कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएको छ । विश्वकप छनोटअन्तर्गत आज स्मपन्न खेलमा जमैकालाई ४–० ले हराउँदै क्यानडा विश्वकपमा छनोट भएको हो ।

क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट भएको हो । यसअघि उसले १९८६ को विश्वकप खेलेको थियो ।

घरेलु मैदान बिएमओ फिल्डमा भएको खेलमा केली लारिन, टाजोन बुचानन, जुनियर होइलेट र जमैकाका एड्रियन मारिप्पाले आत्मघाती गोल गरेपछि क्यानडाले ४–० को सहज जित निकालेको हो ।

यो जितसँगै कोन्काफ क्षेत्रको शीर्ष स्थानमा रहेको क्यानडाले १३ खेलमा २८ अंक जोड्दा पराजित जमैका समान खेलबाट ८ अंकका साथ जमैका सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077