Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु

एजेन्सी । मध्य मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागि कम्तीमा १९ जनाका मृत्यु भएको छ ।

स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी स्थानीय समय अनुसार बिहान करिब १०ः३० बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको र अन्य दर्जनौं व्यक्ति घाइते भएका बताइएको छ।

उक्त घटनामा मृत्यु हुनेमा १६ पुरूष र तीन महिला रहेका बताइएको छ।

मिकोआक्यान राज्यको लस टिनाजा शहरमा उत्सवका लागि भएको जमघटमा दुई समूहबीच विवाद भएपछि गोली चलेको एक प्रत्यक्षदर्शीले बताएका अभियोजनकर्ताको कार्यालयलाई जानकारी प्राप्त भएको छ।

आक्रमणको सूचना पाएपछि अपराध दृश्य तथा विशेषज्ञ सेवा एकाइका कर्मचारीहरू तुरुन्तै घटनास्थल पुग्दा गोली लागि १६ पुरुष र तीन महिला मृत अवस्थामा फेला परेका एफजीइले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077