Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैङ्किङ कसूरमा चालीस लाख जरिवाना र ६ दिन कैद ठहर प्रतिवादी पक्राउ

काठमाडौं । बैङ्किङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं।४ घर भई हाल काठमाडौंको सामाखुसी बस्दै आएका ५२ वर्षीय काजी गुरुङ रहेका छन् ।

निजले दिएको चेकको रकम एभरेष्ट  बैंक लिमिटेड गोङ्गबुबाट भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले २०७८।११।०१ मा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा चालीस लाख जरिवाना र ६ दिन कैद हुने ठहर गरेको थियो ।

कैद सजाय पाएपछि फरार रहेका गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोले  चैत्र १४ गते सामाखुसी, काठमाडौंबाट पक्राउ गरेको हो ।

गुरुङलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको सीआइबीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077