Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकै विद्यालयका २४० जना विद्यार्थी बिरामी

    एकै विद्यालयका २४० जना विद्यार्थी बिरामी

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.3K
    SHARES

    जुम्ला । जुम्लाको एक विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन् ।

    गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थी बिरामी परेका हुन् ।



    जुस सेवन गरेका विद्यार्थीको पेट दुख्ने, टाउको दुख्न, बान्ता गर्ने समस्या देखिएको हो ।



    म्याद नाघेको ट्यांक जुस खाँदा उनीहरू बिरामी भएको प्रिन्सिपल मञ्जिल गिरीले जानकारी दिए ।

    उनका अनुसार अभिभावकलाई बोलाएर तत्काल २५ जनाको उपचार गराएको र बाँकी सबै आफैँ ठिक भएका छन् । बिरामी परेका विद्यार्थीको अवस्था समान्य रहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार