Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एआईजीले फूली लगाईसकेपछि सर्वोच्चले २० गतेलाई तोक्यो पेसी

काठमाडौं । तीन डिआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले आउँदो २० गतेलाई पेसी तोकेको छ। यद्यपी बढुवा भएका प्रहरी अधिकारीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकले भने एआईजीको फूली लागाईसकेका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा आईजीपी शैलेश थापा क्षेत्रीले पदोन्नती भएका पन्त, सिंह र धानुकलाई एआईजीको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

एआईजीको फूली लगाइसेपछि सर्वोच्च अदालतले भने आउँदो २० गतेलाई पेसी तोकेको हो । जुनियरलाई बढुवा गरेर सिनियरलाई छुटाएको भन्दै तीन सिनियर डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता गराएका थिए । सोही रिटमा सर्वोच्च अदालतले तीन दिन पछिलाई पेशी तोकेको हो ।

चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले पन्त, सिंह र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो। तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए।

उक्त उजुरीमाथि कारबाही गर्दै लोकसेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई सदर गरेसँगै सरकारले समेत उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077