Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भीम रावलको प्रश्न : 'देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतले हो कि कांग्रेस सभापतिको ?'

काठमाडौं । एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नेपाली कांग्रेसको सभापतिको रुपमा कि नेपालको प्रधानमन्त्रीको रुपमा भन्दै प्रश्न उठाएका छन् । प्रधानमन्त्री देउवा शुक्रबार साँझ भारतीय जनता पार्टी (भाजपा) को कार्यालय पुगेसँगै त्यसको आलोचना भइरहहँदा रावलले कूटनीतिक मर्यादा नाघेको आरोप लगाएका हुन् । सामाजिक सञ्जालमार्फत नेता रावलले देउवा भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गएको भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्-'शेरबहादुर देउवाको भारत भ्रमण प्रमंको हैसियतले हो कि, नेकां सभापतिको ? भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो? श्रीमती देउवाले भाजपाका विदेश विभाग प्रमुखसंग पारिवारिक सम्बन्ध भएकाले गएको भन्ने समाचार आयो।भ्रमण पारिवारिक हो र?यस्तै कामले नेपाल हेपिन्छ।' तीन दिने भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँदिल्लीमा छन् । उनले शुक्रबार भाजपाको कार्यालयमै गएर पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका थिए । देशका प्रधानमन्त्री सत्तारुढ पार्टीको कार्यालयमै पुगेको भन्दै आलोचना चर्को भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077