Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युद्धग्रस्त यमनमा युद्धविराम गर्ने सहमति

एजेन्सी । यमनका युद्धरत पक्षले शनिबार देखि पहिलो राष्ट्रव्यापी युद्धविरामका लागि आफ्नो हतियार बिसाउने सहमति गरेका छन् ।

ग्रीनविच समय अनुसार रमजानको पहिलो दिन दिउसो ४ः०० बजे लागू हुने गरी इरान समर्थित हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धन दुवैले दुई महिनाको सहमति पालना गर्न सहमत भएका छन् ।

यमनमा जारी लामो युद्धले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सयौं हजारको ज्यान लिएको छ र लाखौं लाई विस्थापित गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार यमनमा विश्वकै सबैभन्दा खराब मानवीय संकट उत्पन्न भएको छ ।

पहिलेका युद्धविरामहरू निष्प्रभावी भएकाले यस सम्झौता पनि कतै उल्लङ्घन हुने हो कि भन्ने कतिपय विश्लेषकले अनुमान गरेका छन् ।

अप्रिल २०१६ मा शान्ति वार्ता अगाडिको राष्ट्रिय युद्धविराम लगभग तुरुन्तै उल्लङ्घन भयो र त्यस वर्षका शान्तिका अन्य प्रयासहरू पनि उल्लङ्गन भएका थिए ।

विश्वको सबैभन्दा गरिब अरब मुलुकको लागि जीवन रेखा, विद्रोहीले कब्जामा लिएको होडैडा बन्दरगाह वरिपरि शत्रुता रोक्ने सन् २०१८ को सम्झौतालाई पनि धेरै हदसम्म उपेक्षा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077