Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अपरेशन इको : एमबीबीएसका सक्कली परीक्षार्थीको विवरणमा नक्कली परीक्षार्थीको फोटो, १८ लाखसम्म चलखेल

    अपरेशन इको : एमबीबीएसका सक्कली परीक्षार्थीको विवरणमा नक्कली परीक्षार्थीको फोटो, १८ लाखसम्म चलखेल

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं र भक्तपुरका परीक्षा केन्द्रबाट पक्राउ गरेका पाँच जना नक्कली एमबीबीएस परीक्षार्थीलाई सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेहरुमा अनिकेत चौधरी , राम आशिष यादव , ईस्तियाख अहमद, सन्नी कुमार साह र अमर पण्डित रहेका छन्।  जिल्ला-धनुषा, जनकपुर उप.म.न.पा.वडा नं.१४ बस्ने वर्ष २१ का वृकेश यादव (रोल नं.११८११)को नाममा अमर पण्डितले सिसीआरसी कलेज कुमारीपाटी, ललितपुरमा परिक्षा दिई रहेको अवस्थामा पक्राउ परेका थिए ।



    त्यस्तै जिल्ला-धनुषा, अन्दुपट्टी गा.पा.वडा नं.०१ बस्ने वर्ष २२ का आजिव कुमार यादव (रोल नं.११४०९) को नाममा निज अनिकेत चौधरीले सिसीआरसी, कुमारीपाटी, ललितपुरमा परिक्षा दिई रहेको अवस्थामा पक्राउ परेका थिए । जिल्ला-रूपन्देही, ओमसतिया गा.पा.वडा नं.०३ बस्ने वर्ष २० का स्मित सिंह (रोल नं.१३७७२) को नाममा राम आशिष यादवले ग्रामर स्कुल , कोटेश्वरमा परिक्षा दिई सके पश्चातः विशेष सूचनाको आधारमा पक्राउ परेका थिए।



    महाशाखाका अनुसार महोत्तरी, सम्सी गा.वि.स.वडा नं.०५ बस्ने वर्ष का को सन्नी कुमार साह (रोल नं.१०६६५)को नाममा ईस्तियाख अहमदले एमबिसन कलेज  मध्य बानेश्वरमा परिक्षा परिक्षा दिई रहेको अवस्थामा पक्राउ परेका थिए। रफिगञ्ज, औरङ्गाबाद विहार, भारत बस्ने वर्ष का को ईस्तियाख अहमदलाई आफ्नो नाममा एमबिसन कलेज मध्य बानेश्वर परिक्षा केन्द्रमा परिक्षा दिन लगाई आफू बाहिर बसेको अवस्थामा पक्राउ परेका थिए ।

    महाशाखा प्रमुख एसएसपी बसन्त कुँवरका अनुसार महानगरीय अपराध महाशाखाको टोलीले आर्थिक प्रलोभनमा अरुका नाममा परीक्षा दिन आएका उनीहरुलाई शुक्रबार  पक्राउ गरी अनुसन्धान थालेको छ ।

    अपराध महाशाखाको  अनुसन्धानबाट खुल्न आएका तथ्यहरूः
    •Free Scholarship मा MBBS पढि रहेका तर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न आर्थिक प्रलोभन दिई Free Scholarship, Paying र Just Pass गर्ने वर्गिकरणको आधारमा Entrance Exam मा नाम निकाली दिए वापत रू.२ लाख देखि १८ लाखसम्म रकम दिने प्रलोभन देखाई Convince गराएर रू.५० हजार देखि रू.२ लाखसम्म Advance समेत दिई नक्कली प्रशिक्षार्थीको रूपमा प्रयोग गर्ने गरेको ।
    •सक्कली परिक्षार्थीको विवरणमा नक्कली परिक्षार्थीहरूको फोटो टाँसी फम भराउने गरेको ।
    •परिक्षा प्रयोजनार्थ कतिपय अवस्थामा सक्कली परिक्षार्थीको नागरिकता विवरणमा नक्कली परिक्षार्थीको फोटो टाँसेर प्रथम प्रतिलिपी उल्लेख गरी नक्कली नागरिकता समेत वनाएको पाईएको ।
    •सकेसम्म नक्कली प्रशिक्षार्थी चयन गर्दा सकभर मिल्दो-जुल्दो अनुहार भएको व्यक्तिलाई सक्कली प्रशिक्षार्थीको विवरणमा नक्कली परिक्षार्थीको फोटो टाँसी फार्म भर्ने गरेको ।
    •भारतियमूलका विद्यार्थीलाई समेत आर्थिक प्रलोभनमा पारी अग्रिम भुक्तानी दिई नक्कली परिक्षार्थीको रूपमा प्रयोग गरेको पाईयो
    •चिकित्सा क्षेत्रमा कार्यरत चिकित्सकहरूले समेत MBBS पढि रहेका तर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न प्रलोभन देखाई नक्कली प्रशिक्षार्थीको रूपमा प्रयोग गर्ने गरेको ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार