Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमबीबीएसका विद्यार्थीहरुको समस्या मन्त्रिपरिषद्मा , शिक्षा मन्त्रीको सक्रियता बढ्यो

    एमबीबीएसका विद्यार्थीहरुको समस्या मन्त्रिपरिषद्मा , शिक्षा मन्त्रीको सक्रियता बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 2.1K
    SHARES

    काठमाडौं।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनलगायतका देशमा अध्ययन गरेका (एमबीबीएस) विद्यार्थीहरुको समस्या समाधानका लागि मन्त्रिपरिषद्मा फाइल पठाएको छ । मन्त्रालयले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकमा सो प्रस्ताव पठाएको हो ।

    चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्ट्रनसीपको समस्या समाधानका लागि  मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।



    यसअघि चीनलगायत देशमा गई अध्ययन पूरा गराउने विषय विभिन्न तहमा कुटनैतिक पहल गरिएपनि ठोस नतिजा आउन सकेको छैन ।
    ‘कोभिडका कारण नेपाल फर्किका (एमबीबीएस) विद्यार्थीहरुको समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्री पौडेललेभने ,‘प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छौं, समितिमा छलफल भएपछि चाँडै टुंगो लाग्छ ।’



    सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीहरुको हकमा अन्तराष्ट्रिय मान्यतामा समेत असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्ट्रन्सीप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो ।

    यस्तै, विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीबाट तोकिएको भन्दा बढी रकम लिएको विषयमा पनि छलफल भएको मन्त्री पौडेलले जानकारी दिए ।

    विद्यार्थीबाट रकम बढी लिएका मेडिकल कलेजहरुको अनुगमन तथा आवश्यक प्रमाणका जम्मा गर्न सचिवलाई निर्देशन दिएको उनले वताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार