Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अन्‍य क्षेत्र सुधार्न पहिले शिक्षालाई सुधार्नु पर्छ : शिक्षामन्त्री पौडेल

    अन्‍य क्षेत्र सुधार्न पहिले शिक्षालाई सुधार्नु पर्छ : शिक्षामन्त्री पौडेल

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 2K
    SHARES

    काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशको समृद्धिको निम्ति शिक्षा पहिलो ढोका भएको बताउँदै शिक्षा क्षेत्रको सुधार गर्न सकेमा अन्य क्षेत्रमा स्वत्ः सुधार हुने बताएका छन् ।

    बुधवार निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को १५ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने–‘नेपालको शिक्षालाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रहरुमा सुधार आउँछ ।’



    शिक्षामा सुधार गर्ने देशहरुले मात्रै अन्य क्षेत्रमा प्रगति गर्न सकेको बताउँदै मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएको उल्लेख गर्दै शिक्षालाई देशको समृद्धिको निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिए ।



    उनले भने–‘स्वास्थ्य र शिक्षा भनेको संविधानले लेखे अनुरुप नागरिकले प्राप्त गर्ने मौलिक हकको रुपमा सचीकृत भएको विषय हो । र यो शिक्षालाई हामी सेवामुलक राष्ट्र निर्माण गर्ने, समृद्धि निर्माण गर्ने, सक्षम नेपाली निर्माण गर्ने एउटा अभियानको रुपमा शिक्षालाई प्रयोग गर्न सक्यौँ । शिक्षालाई सुधार गर्न सक्यौँ भनेदेखि देशका अरु क्षेत्रहरु स्वत्ः सुध्रिन्छन् । यही कुरामा हामी अगाडी बढ्नु छ ।’

    मन्त्री पौडेलले देशलाई सक्षम जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक रहेको बताए । शिक्षालाई सिपमा बदल्दै रोजगारसँग जोड्ने शिक्षा आवश्यक रहेको उनको भनाई छ । उनले व्यवहारिक, वैज्ञानिक र उत्पादनमूलक शिक्षा हुनेगरी पाठ्यक्रम बनाउनुपर्ने बताए ।

    उनले भने–‘हामीलाई जे चाहिने हो त्यही कुरालाई सम्बोधन गर्नेगरी हाम्रा पाठ्यक्रमहरुलाई संविधानको भाषा अनुरुप संविधानमा तिनवटा शब्द छ, शिक्षालाई वैज्ञानिक बनाउँ, शिक्षालाई व्यवहारिक बनाउँ र शिक्षालाई उत्पादनमुलक बनाउँ । संविधानको भाषा यो हो नि अहिले । त्यसमा अगाडी बढाउनको निम्ति हामी सबैको साझा संकल्पको आवश्यकता छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार