Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • त्रिभुवन विश्वविद्यालय:

    तत्काल सबै परीक्षाको नतिजा प्रकाशित गर्न शिक्षामन्त्री पौडेलको निर्देशन

    तत्काल सबै परीक्षाको नतिजा प्रकाशित गर्न शिक्षामन्त्री पौडेलको निर्देशन

    'विद्यार्थीको गुनासो धेरै छ, फास्ट ट्र्याकबाट भए पनि नतिजा निकाल्नुस्'

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तत्काल सबै विषयका परीक्षाको नतिजा प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् ।

    मंगलबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको अनुगमन गर्न पुगेका मन्त्री पौडेलले बाँकी रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।



    विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भइरहेको गुनासो आइरहेका बेला मन्त्रीको यस्तो निर्देशन आएको हो । मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाइ गर्न नहुने बताए ।



    ‘कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ,’ सहकुलपति समेत रहेका पौडेलले भने, ‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो फास्ट ट्र्याकबाट नतिजा निकाल्नुस् । ’

    सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन । त्रिभुवन विश्वविद्यालयको परीक्षाबारे धेरै गुनासो बाहिर आएपछि आफू अनुगमनमा आएको मन्त्री पौडेलको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार