Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • त्रिभुवन विश्वविद्यालयको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

    त्रिभुवन विश्वविद्यालयको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 426
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टर पदमा प्राध्यापक खड्ग केसी र रजिष्ट्रारमा प्राध्यापक केदार रिजाल नियुक्त भएका छन् ।

    त्रिविका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उनीहरूलाई नियुक्त गरेका हुन् ।



    त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए ।



    त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

    रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने प्रा. केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार