Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • त्रिविले नेपाली र अङ्ग्रेजी भाषामा प्रश्नपत्र छाप्ने भएपछि शिक्षामन्त्रीले दिइन् उपकुलपतिलाई धन्यवाद !

    त्रिविले नेपाली र अङ्ग्रेजी भाषामा प्रश्नपत्र छाप्ने भएपछि शिक्षामन्त्रीले दिइन् उपकुलपतिलाई धन्यवाद !

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 525
    SHARES

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा बनाउने निर्णय गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिविलाई धन्यवाद दिएकी छिन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्दशमार्फत विद्यार्थीहरूले लामो समयदेखि उठाउँदै आएको माग पुरा गरेको भन्दै त्रिविका उपकुलपतिलाई धन्यवाद दिएकी हुन् ।



    त्रिवि प्राज्ञिक परिषद्को बैठकले स्नातक तहको प्रश्न पत्र दुवै भाषामा बनाउने निर्णय गरेको छ । शिक्षामन्त्री हुनु अगाडी उनले प्रश्न पत्र नेपाली अङ्ग्रेजी दुवै भाषामा बनाउनुपर्ने आवाज उठाउँदै आएकी थिइन् ।



    उनले सदनमै प्रश्न पत्र देखाएरै प्रश्न पत्र नेपाली र अङ्ग्रेजी दुवैमा बनाउनुपर्ने माग राखेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार