Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • शिक्षामन्त्री पौडेल एक्कासी मेडिकल कलेजमा पुगेपछि…

    शिक्षामन्त्री पौडेल एक्कासी मेडिकल कलेजमा पुगेपछि…

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको अनुगमन गरेका छन्। चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरीपछि शिक्षामन्त्रीले सो कलेजको अनुगमन गरेका हुन्।

    अनुगनका क्रममा मन्त्रीपौडेलले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले बढी शुल्क लिन नपाउने बताए । मन्त्री पौडेलले कलेजका प्रिन्सीपल रतिन्द्रनाथ श्रेष्ठलाई भने, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ ।’



    यस्तै, अनुगमनका क्रममा मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म रिपोर्ट पेश गर्न पनि निर्देशन दिएका छन् । ‘भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा, विद्यार्थी अभिभावकसँग बसेर वार्ता गर्नुहोस्’ मन्त्री पौडेलले निर्देशन दिँदै भने  ।



    काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि तालाबन्दी एवम् प्रदर्शन गर्दै आइरहेका छन् । बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढि शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनी समेत दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार