Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • शिक्षामन्त्री पौडेलले सार्वजनिक गरे ५५ बुँदे प्राथमिकता, २५ उपलब्धि (सूचीसहित)

    शिक्षामन्त्री पौडेलले सार्वजनिक गरे ५५ बुँदे प्राथमिकता, २५ उपलब्धि (सूचीसहित)

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्री भएपछि गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन्।यस्तै, उनले ५५ बुँदे योजना पनि सार्वजनिक गरेका छन्।

    शिक्षामन्त्री पौडेलले मन्त्रालय सम्हालेको ६ महिने अवधिका काम र आगामी योजना समेटेर मन्त्रालयका प्राथमिकता र हालसम्मका उपलब्धीहरु सार्वजनिक गरेका हुन्।



    शिक्षामन्त्री पौडेलले प्रस्तुत गरेको उपलब्धिमा शिक्षक अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको, छात्रवृत्ति विवरणको लागि कार्यविधि स्वीकृत गरी प्रकृया अगाडि बढाइएको, राष्ट्रिय पुस्तकालय भवन निर्माण प्रक्रिया अगाडि बढाइएको, द्वन्द्व पीडित शिक्षकका समस्या समाधानको लागि पहल गरिएको लगायत छन्।



    यस्तै, युनेस्को साधारण सभामा नेपालको प्रतिनिधित्व गरिएको, मन्त्रालयको सेवा प्रवाह सुधारको कार्य योजना तयार गरी कार्यान्वयन गरिएको, चीनका विभिन्न विश्वविद्यालयमा चिकित्सा शास्त्र अध्ययन गरेका तर कोभिडको कारण फर्किन नपाएका विद्यार्थीहरूको गुनासो र माग बमोजिम समाधानका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार