Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • शिक्षामन्त्री पौडेल र डा गोबिन्द केसीबीच भेट, विगतका मागहरु पूरा गरिदिन आग्रह

    शिक्षामन्त्री पौडेल र डा गोबिन्द केसीबीच भेट, विगतका मागहरु पूरा गरिदिन आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र वरिष्ठ चिकित्सक डा गोविन्द केसीबीच छलफल भएको छ ।

    मन्त्री पौडेलको सचिवालयका अनुसार शुक्रबार भएको भेटमा चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधानबारे छलफल भएको हो।



    डा केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने मन्त्री पौडेलको भनाइ छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बसेका डा केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेका थिए।



    केसीसँगको भेटबारे मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चिकित्सा क्षेत्रका विद्यमान समस्याहरुबारे डा. गोविन्द्र केसी ज्यूसँग आज गम्भीर छलफल भएको छ । उहाँका महत्पूर्ण सुझावहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार