Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • निषेधित क्षेत्र तोड्न गएका गोविन्द केसी पुनः पक्राउ

    निषेधित क्षेत्र तोड्न गएका गोविन्द केसी पुनः पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 588
    SHARES

    काठमाडौं । डाक्टर गोबिन्द केसीलाई प्रहरीले पुनः माइतीघर मण्डलबाट नियन्त्रणमा लिएको छ ।

    विभिन्न माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शनका लागि प्रवेश गर्न खोज्दा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



    सरकारले तोकेको निषेधित क्षेत्रमा प्रर्दशन गर्न पुगेका केसीसहित ९ जनालाई शनिबार पनि माइतीघरबाट नियन्त्रणमा लिएर सोही दिन साँझ छाडिएको थियो ।



    मंगलबार उनले पुनः माइतीघरमा नै प्रर्दशन गरेपछि प्रक्राउ गरेर सिंहदबार प्रहरी वृत्तमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार