Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • गोबिन्द केसीको स्वास्थ्य मन्त्रीलाई ७ बुंदे ज्ञापनपत्र: च्याउझैं सञ्चालनमा आएका निजी अस्पतालहरु बन्द गरियोस्

    गोबिन्द केसीको स्वास्थ्य मन्त्रीलाई ७ बुंदे ज्ञापनपत्र: च्याउझैं सञ्चालनमा आएका निजी अस्पतालहरु बन्द गरियोस्

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 2K
    SHARES

    काठमाडौं । डा. गोविन्द केसीले देशभर खुलेका मापदण्डविनाका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन् ।

    शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सात बुँदे पत्र लेख्दै केसीले देशभर पूर्वाधार र पर्याप्त जनशक्तिविना नै निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।



    ‘देशभर नै गाउँदेखि शहरसम्म कुनै पूर्वाधार र जनशक्तिको व्यवस्थाविना निजी स्वास्थ्य संस्थाहरु च्याउझैं सञ्चालनमा आएका छन् । त्यसो गर्नु गैरकानुनी मात्र नभई बिरामीहरु ठगिने, रोग बल्झिने, अंगभंग हुने र मृत्युसमेत हुने अवस्था रहेकाले देशका सबै तहका स्वास्थ्य संस्थाहरुको चुस्त अनुगमन गरी मापदण्डविपरीतका स्वास्थ्य संस्थाहरुलाई बन्द गराई दोषीलाई कारबाही गरियोस्’ केसीले भनेका छन् ।



    यस्तै, केसीले जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण गर्न, स्तरोन्नति र गुणस्तर वृद्धि गर्न पनि माग गरेका छन् ।  उनले यसअघि प्रधानमन्त्रीले आफूसँग गरेका प्रतिवद्धता कार्यान्वयन गर्न पनि माग गरेका छन् ।

    यस्तो छ केसीले स्वास्थ्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्र:

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार