Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भोट माग्न जाँदा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडामाथि कुटपिट

    भोट माग्न जाँदा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडामाथि कुटपिट

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    हेटौंडा । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडामाथि कुटपिट भएको छ ।

    मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खतिवडामाथि मनहरी गाउँपालिका–४ मसिनेमा कुटपिट भएको हो ।



    सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए ।



    उनी पूर्व स्वास्थ्य मन्त्रीसमेत हुन् । खतिवडालाई खड्काले २ झापड हानेको प्रहरीले जनाएको छ ।

    खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको प्रहरीले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।खड्का माओवादी केन्द्रका कार्यकर्ता रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार