Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • माधव नेपालले भने – हामीसँग सत्ता उल्ट्याउने क्षमता छ, कमजोर नठान्नू

    माधव नेपालले भने – हामीसँग सत्ता उल्ट्याउने क्षमता छ, कमजोर नठान्नू

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 486
    SHARES

    रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूसँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको भन्दै कमजोर नठान्न चेतावनी दिएका छन् ।

    गृह जिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–२ स्थित लालबकैया नदीमा निर्मित झुलुङ्गे पुलको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो चेतावनि दिएका हुन्।



    एकीकृत समाजवादीलाई सानो दल वा कमजोर ठान्ने भुल ग¥यो भने त्यो सह्य नहुने चेतावनी पनि नेपालले दिए ।



    अध्यक्ष नेपालले भने,‘हामी र हाम्रो दल कसैको दास भएर कसैको इशारामा हिँड्दैनौँ । हामी स्वाभिमानी छौँ र आफ्नै मूल्य–मान्यता अनुसार अगाडि बढेका छौँ ।’

    उनले सुदूरपश्चिममा ४ सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको जिकिर गर्दै बागमती, मधेससहितका प्रदेशमा नेकपा एकीकृत समाजवादीको सहभागिता विना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने प्रस्ट पारे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार