Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जाजरकोटमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

जाजरकोट । जाजरकोटमा सत्तारुढ दलले आगामी स्थानीय चुनावमा तालमेल गर्ने सहमति गरेका छन् ।

केन्द्रीय निर्देशन अनुसार जिल्लामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी केन्द्रको बैठकले चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका हुन् ।

गठबन्धनको काम, कारबाहीलाई व्यवस्थित बनाउन र आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट ३ जनाको दरले १२ जनाको सत्ता गठबन्धन दलको जिल्ला स्तरीय संयन्त्र निर्माण गर्ने समेत निर्णय गरिएको चार दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पालिका स्तरमा सत्ता गठबन्धनको मर्ममा खलल पर्ने गरी कुनै पनि गतिविधि सञ्चालन र अभिव्यक्ति सार्वजनिक नगर्न पनि गठबन्धन दलले आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077