Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

चुनावी तालमेलबारे निर्णयार्थ छलफल गर्दै सत्ता गठबन्धन

काठमाडौँ । स्थानीय तह चुनावमा हुने तालमेलको मोडालिटीबारे निर्णयार्थ सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा मओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत छलफलमा सहभागी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो ।

यसअघि चैत १७ गते बसेको गठबन्धनको बैठकले सत्ता गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको थियो । आजको बैठकमा त्यससम्बन्धी रिपोर्टिङ प्रतिवेदन आउने र त्यसका आधारमा चुनावी मोडालिटी तयार हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077