Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीले जारी गरिन् तेजाब तथा यौन हिंसासहित पाँच अध्यादेश

    राष्ट्रपति भण्डारीले जारी गरिन् तेजाब तथा यौन हिंसासहित पाँच अध्यादेश

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 993
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा अध्यादेश जारी गरेकी छन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साँझ राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।



    राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश जारी गरेकी हुन् ।



    मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साँझ राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार