Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गृहमन्त्रीको स्वास्थ्य अवस्थाबारे पूर्वराष्ट्रपति भण्डारीले लिइन् जानकारी

    गृहमन्त्रीको स्वास्थ्य अवस्थाबारे पूर्वराष्ट्रपति भण्डारीले लिइन् जानकारी

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 786
    SHARES

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

    बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत गृहमन्त्री श्रेष्ठलाई भेटी उनको स्वास्थ्य अवस्थाबारे पूर्वराष्ट्रपति भण्डारीले जानकारी लिएको श्रेष्ठका स्वकीयसचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।



    मन्त्री श्रेष्ठको यही मंसिर १९ गते मुटुमा समस्या आएपछि एन्जियोप्लास्टि सर्जरी गरिएको थियो ।



    उनको स्वास्थ्य अवस्था सुधार भइरहेको र चाँडै नै ‘डिस्चार्ज’ हुने केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार