Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ छोनछिनमा

    उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ छोनछिनमा

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 468
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङबाट आज अपराह्न पश्चिमी सहर छोनछिन पुगेका छन् ।

    जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उनी पश्चिमी सहर छोनछिन पुगेका हुन् ।



    छोनछिनस्थित ज्याङ पे अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई छोनछिन नगरपालिकाका उपप्रमुख झाङ गुइजाई, छोनछिन नगरपालिकाको परराष्ट्र मामिलासम्बन्धी कार्यालयका उपमहानिर्देशक झाऊ यी, छेन्दुस्तिथ महावाणिज्यदूत सुरेश राउतलगायतले स्वागत गरेका थिए ।



    आजै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार