Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युरोपेली च्याम्पियन्स लिग : लिभरपुल र सिटी विजयी

एजेन्सी । दुई इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर सिटीले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा जित हासिल गरेका छन् ।

यो जितसँगै दुवै टिमको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । लिभरपुलले क्वाटरफाइनल पहिलो लेगमा बेनफिकालाई उसकै घरमा ३–१ ले हरायो ।

इब्राहिम कोनाटेको गोलले अग्रता लिएको लिभरपुलविरुद्ध डरविन नुनेजले बराबरी गोल फर्काए । त्यसयता साडियो माने र लुइस डियाजले लिभरपुलका गोल गरे ।

अर्को खेलमा सिटीले घरमा एटलेटिको म्याड्रिडलाई १–० ले हरायो । त्यसमा केभिन डे ब्रुएनाले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077