Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुला-धादिङ : विद्यालय, स्वास्थ्य चौकी र सिँचाइ परियोजनाका लागि भारतले ७ करोड सहयोग गर्ने

दार्चुला । दार्चुलामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजनाको निर्माणका लागि भारत सरकारले ७ करोड ८ लाख नेपाली रुपैँया आर्थिक सहयोग गर्ने भएको छ ।

जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन, महेशफाँट सिँचाइ परियोजनाको निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय दार्चुला र धादिङ्काबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण हुन लागेका माथि उल्लिखित सामुदायिक विकास परियोजनाहरुको कूल अनुमानित लागत । ७ करोड ८ लाख रहेको छ ।

जसमा ३ करोड ३७ लाख लागतमा जनविकास माध्यमिक विद्यालय, २ करोड ५३ लाख लागतमा इरकोट स्वास्थ्य चौकी भवन र १ करोड १७ लाख लागतमा महेशफाँट सिँचाई परियोजनाको निर्माण गरिनेछ ।

२००३ यता भारतले ५२४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।

त्यसमध्ये दार्चुला जिल्लामा ६ वटा परियोजनासहित प्रदेश ७ मा ३२ वटा परियोजनाहरुलाई अघि बढाइएको छ भने धादिङ जिल्लामा ३ वटा परियोजनासहित प्रदेश ३ मा १०२ वटा परियोजनाहरुलाई अघि बढाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077