Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् सरकारले सिफारिस गरेका २० राजदूत, कुन देशमा को ? [सूचीसहित]

काठमाडौं । सरकारले २० वटा देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकबाट परराष्ट्र सेवा र अरू विभिन्न क्षेत्रबाट राजदूत सिफारिस गरेको हो ।

उत्तरी छिमेकी चीनका लागि राजदूतमा बिष्णुपुकार श्रेष्ठ सिफाररिस भएका छन्। उनी माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका हुन् ।

भोलिदेखि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने भएकाले सरकारले आजै राजदूत सिफारिस गरेको हो ।

सिफारिस व्यक्तिहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुनेछन्।

यी हुन् राजदूत सिफारिस भएकाहरू :

बिष्णुपुकार श्रेष्ठ-चीन

दानबहादुर तामाङ-दक्षिण अफ्रिका

शर्मिला पराजुली ढकाल-स्पेन

बासुदेव मिश्र-श्रीलंका

मिलन तुलाधर-रूस

डिल्लीराज पौडेल-मलेसिया

शान्ता रिजाल-इजरायल

नवराज सुवेदी-साउदी

घनश्याम बन्जाडे-बंगलादेश

दुर्गाबहादुर सुवेदी-जापान

निर्मलराज काफ्ले-ब्राजिल

भरतकुमार रेग्मी-अष्ट्रिया

सुशीलकुमार लम्साल-इजिप्ट

कैलाश पोखरेल-अष्ट्रेलिया

डिल्लीराज पौडेल-कतार

ज्योति प्याकुरेल-दक्षिण कोरिया

रामसुरज राय यादव-डेनमार्क

डोरनाथ अर्याल

तिर्थराज वाग्ले

हरिशचन्द्र घिमिरे

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077