Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • कांग्रेसको घोषणापत्रलाई थप यथार्थपरक बनाउन गगन थापाले मागे सुझाव

    कांग्रेसको घोषणापत्रलाई थप यथार्थपरक बनाउन गगन थापाले मागे सुझाव

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं घोषणापत्र तयारी समितिका संयोजक गगनकुमार थापाले सुझाव दिन अनुरोध गरेका छन् ।

    पार्टीको घोषणापत्रलाई थप यथार्थपरक बनाउन थापाले आवश्यक सल्लाह सुझाव प्रदान गर्न पार्टी पंक्ति, आम जनता र विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरूलाई अनुरोध गरेका हुन् ।



    २९ सदस्यीय तयारी समितिको बैठक राखेर संयोजक थापाले बिहीबार सुझाव संकलन तथा प्रारम्भिक मस्यौदा निर्माणका लागि कार्यविभाजन गरेका थिए ।



    बैठकमा घोषणा पत्रमा समेटिनुपर्ने विषयका बारेमा छलफल भएको थापाले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार