Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित, कार्यबाहकको जिम्मेवारी ढुंगानालाई

    राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित, कार्यबाहकको जिम्मेवारी ढुंगानालाई

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति समेत गठन गरेको थियो ।

    त्यस लगत्तै सरकारले निलम्बन गर्ने निर्णय गरेको हो । सरकारले अधिकारीलाई निलम्बित गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ ।



    पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र गभर्नर अधिकारीबीचको सम्बन्ध बिग्रेको थियो । गभर्नर अधिकारी अर्थमन्त्रीका कारण अर्थतन्त्रमा संकट पैदा भएको भन्ने प्रकृतिका अभिव्यक्ति दिने गरेका थिए ।



    अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच केही समय अघिदेखि द्वन्द्व सुरु भएको थियो । वित्तीय प्रणालीमा देखिएको असन्तुलन र यसलाई समाधान गर्नको लागि ठोस कदम नचालेकै कारण अर्थमन्त्री शर्मा गभर्नर अधिकारीसँग रुष्ट थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार