Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त

    राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 768
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् ।

    राष्ट्र बैंकमा कार्यरत एक उच्च तहकी अधिकृतमाथि दुर्व्यवहार गरेको पुष्टि भएपछि आचार्यलाई विभागीय कारबाही गरिएको हो ।



    राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४) को परिच्छेद १३ को विनियम १४५ को (ख) मा भएको विशेष सजाय अनुसार भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बैंकको सेवाबाट हटाइएको बताइएको छ ।



    आचार्यले गत पुस २७ गते केन्द्रीय बैंकका उच्च अधिकारीको स्ट्रेस म्यानेजमेन्ट कार्यक्रममा महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार