Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विदेशी मुद्राको सञ्चिति १८ खर्ब नाघ्यो

    विदेशी मुद्राको सञ्चिति १८ खर्ब नाघ्यो

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 465
    SHARES

    काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चितिले फेरि नयाँ रेकर्ड बनाएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म कुल १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँबराबर विदेशी मुद्रा सञ्चित भएको हो।



    अमेरिकी डलरमा भने यस्तो सञ्चिति १३ अर्ब ६९ करोड रहेको बैंकले जनाएको छ । गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति १८ प्रतिशतले बढेको हो ।



    असार मसान्तसम्म कुल १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर विदेशी मुद्रा सञ्चित थियो । अमेरिकी डलरमा भने असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति रकम १६.९ प्रतिशतले बढेको हो।

    हालको आयात आधार मान्दा अहिलेको सञ्चितिले १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १६ खर्ब २३ करोड र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब १६ अर्ब ३५ करोड रुपैयाँबराबर रहेको विवरणमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार