Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्र बैंक धनगढीका निर्देशक लेखकले ढुकुटीको सिल तोडेपछि…

    राष्ट्र बैंक धनगढीका निर्देशक लेखकले ढुकुटीको सिल तोडेपछि…

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 2.3K
    SHARES

    कैलाली । नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विनोद लेखकले ढुकुटीको सिल तोडेको खुलेको छ ।

    तीन साताअघि नेपाल राष्ट्र बैंक धनगढीको ढुकुटीमा लगाइएको सिल तोडेको भेटिएपछि अनुसन्धानको लागि केन्द्रीय कार्यालय काठमाडौँको टोली खटिएको थियो ।



    सो अनुसन्धान टोलीले बिहानको समयमा बैंकको ढुकुटीमा पुगेर ढोकामा लगाएको ‘सिल’ तोडेर लेखक नै फर्किएको निष्कर्ष निकालेको हो ।



    कञ्चनपुरको महेन्द्रनगर घर भएका लेखकलाई कारबाही स्वरुप काठमाडौं सरुवा गरिएको छ । उनलाई राष्ट्र बैंक केन्द्रीय कार्यालयको मानव संसाधन विभागमा अतिरिक्त समूह अन्तर्गत जिम्मेवारीविहीन अवस्थामा राखिएको छ ।

    अहिले राष्ट्र बैंक धनगढीको निमित्तको जिम्मेवारी शान्ति पाण्डेलाई दिइएको छ । ढुकुटीमा सिल भएको स्थानमा पुग्ने र लाहा छापसहित सिल तोड्ने अधिकार सीमित व्यक्तिलाई मात्र हुन्छ । ढुकुटीका ढोकामा समेत तीनवटा ताल्चा लगाइएको हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार