Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राष्ट्र बैंकले भन्यो – सर्वसाधारणको निक्षेप सबै बैंकमा सुरक्षित छ, कुनै समस्या छैन

    राष्ट्र बैंकले भन्यो – सर्वसाधारणको निक्षेप सबै बैंकमा सुरक्षित छ, कुनै समस्या छैन

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 609
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप सबै बैंक तथा वित्तीय संस्थामा पूर्णरूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ ।

    राष्ट्र बैंक मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पूँजी कोष, कर्जा निक्षेप अनुपात र तरलताको अवस्थासम्बन्धी परिसूचकहरू राष्ट्र बैंकको निर्देशनअनुरूप नै रहेको दाबी गरेको हो ।



    राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी भइरहेकाले सर्वसाधारणको निक्षेप पूर्णरूपमा सुरक्षित रहेको बताएको छ ।



    राष्ट्र बैंकले बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रममा पार्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलाग्न समेत आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार