Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेन मात्र नभई पुरै युरोप रुसको निशानामा रहेको जेलेन्स्कीको दाबी

एजेन्सी। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार राति आफ्नो सम्बोधनमा  रुसको आक्रामकता युक्रेनमा मात्र सीमितनभइ सम्पूर्ण युरोप यसको निशानामा रहेको वताएका छन्।

यस समयमा, जेलेन्स्कीले पश्चिमी देशहरूलाई रूसको ऊर्जा उत्पादनहरूमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन र युक्रेनलाई थप हतियारहरू आपूर्ति गर्न आह्वान गरे।

उनले भने , ' रुसको बल प्रयोग एक विपत्ति हो जसले अन्ततः सबैलाई असर गर्नेछ। '

युक्रेनको पूर्वी भागमा रुसी सेनाको परिचालनबारे जेलेन्स्कीले युक्रेन सबैभन्दा कठिन युद्धका लागि तयार रहेको बताए ।

उनले भने, 'यो कठिन लडाई हुनेछ। हामी आफ्नो जितमा विश्वस्त छौं। हामी कूटनीतिक माध्यमबाट यो युद्ध लड्न र रोक्न पनि तयार छौं।'

अर्कोतर्फ युक्रेनका प्रमुख वार्ताकार मिखाइलो पोडोल्याकले पूर्वी तर्फको युद्धमा रुस पराजित नभएसम्म राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट नगर्ने बताएका छन् । - बिबिसी हिन्दीबाट साभार

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077