Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

'सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त !'

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल २५ चैतमा चौथोपटक पुनर्गठन भयो । काँग्रेसलाई सरकारमा सहभागी गराउन एकीकृत समाजवादीले तीन मन्त्री र तीन राज्यमन्त्रीलाई फिर्ता बोलायो ।

काँग्रेसका संसदीय दलका नेता रणबहादुर रावल र गोविन्द बोहरा मन्त्री नियुक्त भए भने टेकबहादुर रैका राज्यमन्त्री भए। यस्तै एकीकृत समाजवादीका अमर साउद र कुलविर चौधरीले पनि राज्यमन्त्रीको सपथ लिए ।

एकीकृत समाजवादीले सााजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ तथा राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउद र माया तामाङ बोहरालाई फिर्ता बोलाएको थियो ।

तर एकीकृत समाजवादीले मन्त्रीबाट फिर्ता बोलाएको दुई दिनपछि पूर्वमन्त्री तामाङले मन्त्रिपरिषद् पुनर्गठनबारे अनभिज्ञ भएको आशयको अभिव्यक्ति दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तस्विरसहित लेखेका छन्-‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त।’ एकीकृत समाजवादीको स्रोतका अनुसार मन्त्रीबाट फिर्ता बोलाएपछि तामाङ असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077