Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुसविरुद्ध लड्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मागे कोरियासँग हतियार

एजेन्सी । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसविरुद्ध लड्न एशियाली राष्ट्र दक्षिण कोरियासँग हतियार मागेका छन् ।

सोमबार जेलेन्स्कीले दक्षिण कोरियाली सांसदहरूलाई भिडियोमार्फत् सम्बोधनमा गर्दै हतियार मागेका हुन् । सम्बोधनको क्रममा उनले आफूलई ठूलो संख्यामा वायु रक्षा प्रणालीका साथै अज्य सैन्य साधन चाहिएको बताए।

‘हामीलाई वायु रक्षा प्रणाली, विमान, ट्याङ्क र अन्य सशस्त्र सवारी साधन, तोपखाना प्रणाली र गोला बारुद चाहिन्छ, जुन हाम्रो लागि अपरिहार्य छ,’ उनले भने।

अहिले पनि रुसी सेनाको घरेमा रहेको सहरका जनता आवश्यक वस्तुबिहिन भएको उनले बताए। यस्तै, मारिउपोल सहरमा लडाइँ जारी रहको पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077