Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाउन सुरु

काठमाडौं । मेलम्चीको पानी मंगलबारदेखि सुरुङमा पठाइने भएको छ । पुनर्निर्माण सम्पन्न भएकाले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको हो ।

गत असार र साउनमा आएको बाढीले गरेको क्षतिको पुनर्निर्माण तथा सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको समितिले जनाएको छ ।

आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए ।

गत असार १ र साउन १७ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो। सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो। पथान्तरण सुरु भए पनि काठमाडौंमा पानी आउन अझै केही दिन लाग्ने लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077