Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारामा जिप दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते

बारा । बारामा जिप दुर्घटना भएकाे छ ।

आज बिहान पौने ९ बजे सिमराबाट हेटौडातर्फ आउँदै गरेको बा १९ च ४३७७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–२१ आधाभार जंगलमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु समेत भएको छ भने दुर्घटनामा १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाई रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको हाे ।

घाइते भएका जिपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077