Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मृत्यु भइसकेका गाउँपालिका अध्यक्ष र ठेकेदारसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्षसहित १० जना जनाप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

तत्कालीन उपाध्यक्ष तथा काबाहेका अध्यक्ष पुजादेवी बुढामगरसहित ६ वडाध्यक्ष र तीन गाउँपालिका सदस्यविरुद्ध ५४ लाख १८ हजार ५६८ रुपैयाँ हिनाहिना गरेको आरोपमा मुद्दा चलाएको हो ।

अध्यक्ष पुजादेवी बुढा मगर, वडा नं. २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय, वडा नं. १ का वडा अध्यक्ष नविन पुन मगर, वडा नं. ७ का वडा अध्यक्ष खर प्रसाद अधिकारी, वडा नं.५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नं. ४ का वडा अध्यक्ष टेक वहादुर बोगटी, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम भण्डारी, वडा नं. ३ का वडा अध्यक्ष नन्दराम गिरी, गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशाल कुमार पहराई विरुद्ध ५४ लाख १८ हजार ५६८ रुपैयाँ गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

स्व. नवल सिहं रावलको मृत्यु भईसके पनि निजको हकमा प्रचलित कानुनबमोजिम निजको हक खाने अंशियारबाट विगो ५४ लाख १८ हजार ५ सय अठ्सठ्ठी रुपैयां ९ पैसा विगो दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077