Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस चुनावी सभाको मापदण्ड : ५ जनाको मात्र आशन ग्रहण गराइने

काठमाडौं । नेपाली कांग्रेसले चुनावी सभाहरूलाई चुस्त र छरितो बनाउन निर्देशन गरेको छ ।

उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबारको बैठकले स्थानीय तह, वडा र टोलमा हुने चुनावी सभाको मापदण्ड तय गरेको हो ।

स्थानीय तह निर्वाचन सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको कांग्रेसले चुनावी सभा र प्रचारप्रसार समेतमा गठबन्धनलाई समेत सामेल गरी व्यवस्थित र छरितोरुपमा प्रचारका कार्यक्रम गर्न निर्देशन गरेको हो ।

मापदण्डले चुनावी सभा र प्रचारप्रसारका कार्यक्रम चुस्त र छरितो हुनुपर्ने भनेको छ ।

केन्द्रीय सदस्य मीन विश्वकर्माले चुनावी सभालाई पट्यारिलो र दिग्दारलाग्दो नबनाई छरितो ढंगबाट सञ्चालन गर्ने गरी मापदण्ड बनाइएको जानकारी दिए ।

उनका अनुसार बैठकले त्यस्ता चुनावीसभा बढी दुई घण्टासम्म मात्रै सञ्चालन हुनेछन् भने आशन ग्रहण पार्टीबाट बढीमा पाँच जनाको मात्रै गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077