Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

उत्कृष्ट चुनावी गीत बनाउनेलाई २ लाख ७५ हजार पुरस्कार दिने कांग्रेसको घोषणा

काठमाडौं । पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई नेपाली कांग्रेसले पुरस्कृत गर्ने भएको छ ।

कांग्रेसले उत्कृष्ट अडियो–भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने भएको हो ।

कांग्रेस स्थानीय निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिअन्तर्गतको सांस्कृति समन्वय उपसमितिले उत्कृष्ट अडियो–भिडियो निर्माण गरेर त्यसको लिंक उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन सकिने जनाएको छ ।

गीतमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिने उपसमिति संयोजक डी.बी. गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077