Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ ।

आगामी स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउने विषयमा छलफल गर्न नेपाली कांग्रेसले बैठक बोलाएको हो । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्ने

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन शनिबार बैठक बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी र सदस्यहरूलाई बोलाइएको उनले बताए । कांग्रेसले आवश्यकता अनुसार स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनसँग सहकार्य गर्ने भनिरहेको छ।

बैठकमा महानगररउपमहानगरको उम्मेदवारसँगै गठबन्धनको विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077