Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

महानगर र उपमहानगरका उम्मेदवार छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

आगामी स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन शनिबार बैठक बस्न लागेको हो ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई अनिवार्य उपस्थिति हुन सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077