Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मेयर र उपमेयर छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काठमाडौं । सत्तरुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल भइरहेको छ।

कांग्रेसले महानगर र उपमहानगरको उम्मेदवार केन्द्रबाटै छनोट गर्नेगरी उम्मेदवार छनोट मापदण्ड बनाएको छ। आजको बैठकले उम्मेदवारीसम्बन्धी टुंगो लगाउने नेताहरुले बताएका छन्।

यसअघि बसेको बैठकले घोषणापत्रको मस्यौदा पारित गरेको थियो। कांग्रेसको घोषणापत्र लोकतन्त्र दिवसका दिन वैशाख ११ गते सार्वजनिक हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077