Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

बिहानैदेखि देशका धेरै ठाउँमा चर्को घाम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेको छ ।

तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । अन्य क्षेत्रमा पनि तापक्रम बढ्दो छ । नेपालगञ्ज, सिमरा, धनगढी, दिपायलको तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्न लागेको छ ।

काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ । आज पनि बिहानैदेखि घाम चर्किएकाले अधिकतम तापक्रम बढ्ने मौसमविद्सले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077